तनहुँमा सर्वदलीय वैठक सुरु, सबै मतपेटिका दमौली आइपुग्यो

Byकिरण श्रेष्ठ

१० बैशाख २०८०, आईतवार २३:०९ १० बैशाख २०८०, आईतवार २३:०९ १० बैशाख २०८०, आईतवार २३:०९

तनहुँ । तनहुँमा सर्वदलीय वैठक सुरु भएको छ । आइतबार भएको तनहुँ क्षेत्र नम्बर १ उपनिर्वाचनको सबै मतपेटिका दमौली आइपुगे संगै सर्वदलीय वैठक सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त बैठकमा तनहुँ-१ का उम्मेद्वार र दलका प्रतिनिधि सहभागी छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट मतपेटिका दमौली आइसकेका छन । उनले भने ‘राजनीतिक दलहरुको संयुक्त बैठक बसेर मत गन्ने प्रक्रिया अगाडि बढिरहेको छ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिदेखि नै मतगणना गर्ने गरि तयारी गरेको जनाएको छ । तनहुँ-१ मा ६३ हजार ७ सय ५७ मत (५१.७ प्रतिशत) खसेको छ । आइतबार भएको प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको हो ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो ।

आबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार ८ सय ५४ मत, बन्दिपुरमा ७ हजार ८ सय ३० मत, भानु नगरपालिकामा २० हजार ८ सय ७९ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *