तनहुँ-१ : स्वर्णिमले कटाए ७ हजार मत, गोविन्द र सर्वेन्द्रको कति ?

Byकिरण श्रेष्ठ

११ बैशाख २०८०, सोमबार ०८:३६ ११ बैशाख २०८०, सोमबार ०८:३६ ११ बैशाख २०८०, सोमबार ०८:३६

तनहुँ । आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ १ मा गणना जारी छ ।

१३ हजार ७६९ मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् ।

दोब्बरभन्दा बढी मतले अगाडि रहेका वाग्लेले ७ हजार ६२५ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२७१ मत प्राप्त गरेका छन् । एमालेका सर्वेन्द्र खनाल २२१९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

हालसम्म भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको गरी जम्मा ९ वटा वडाको गणना सकिएको छ ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *