ऋषिङको बाजगरामा भिरबाट लडी एक जनाको मृत्यु

Byखवरबाटिका

१८ बैशाख २०८०, सोमबार १५:१७ १८ बैशाख २०८०, सोमबार १५:१७ १८ बैशाख २०८०, सोमबार १५:१७

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका वडा नं ७ बाजगरामा भिरबाट लडी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५३ वर्षीय कृष्ण कुमार थापा रहेको प्रहरीले जनाएको छ ।

थापा दमौली बजार आई आफ्नो आँखा सम्बन्धि उपचार गराई उपचार पश्चात बेलुकी दमौलीबाट घर फर्कदै गरेका थापा रातको अन्दाजी १०:३० बजेको समयमा घरदेखी नजिकै रहेको चण्डि भयर सामुदायिक बनको गोरेटो बाटोदेखी अन्दाजी १०० मिटर तल पल्टिई भिरमा रहेको झङ्कलेको रुखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

आइतबार बिहान प्रहरी चौकी रिसिङ रानीपोखरी हुदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी प्राप्त हुनासाथ प्रनि राजकुमार बि।क समेतको अनुसन्धान टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको बिपद् उद्दार समेतको संयुक्त टोली र स्थानिय मानिसहरुको सहयोगमा साढे तिन घण्टाको निरन्तर प्रयास पश्चात मृतक कृष्ण कुमार थापाको मृत शवलाई सुरक्षित साथ भिरदेखी अन्दाजी २०० मिटर तल समथर भुभागमा निकालिएको प्रहरीले जनाएको छ ।

मृत शवको जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमको लागी दमौली अस्पतालको शव गृहमा राखिएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *