आरजु देउवा काठमाडौंमै, सिंगापुर भागेको हल्ला गलत भएको सचिवालयको प्रष्टोक्ति

Byखवरबाटिका

२९ बैशाख २०८०, शुक्रबार १२:०० २९ बैशाख २०८०, शुक्रबार १२:०० २९ बैशाख २०८०, शुक्रबार १२:००

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भागेर सिंगापुर पुगेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । तर, देउवाको सचिवालयले भने आरजु काठमाडौंमै रहेको बतायो ।

सचिवालयका अनुसार आरजु हिजो अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज पुगेकी थिइन् । त्यस क्रममा उनले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गरिन् । त्यसैगरी हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन् ।

कार्यक्रममा सहभागितापछि उनी हिजै राति काठमाडौं फर्किएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

‘उहाँ हिजै हेटौंडाबाट गाडीमा फर्किनुभएको हो । अहिले काठमाडौंमा नै हुनुहुन्छ,’ देउवाले भने । एउटा युट्यूव च्यानलले आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *