तनहुँ । नेपाल बोटे समाजको केन्द्रीय महाधिवेशन चितवनको माडीमा सम्पन्न भएको छ ।
बुधवार सम्पन्न पाँचौ महाधिवेशनले राजकुमार बोटेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको केन्द्रीय महासचिवमा तनहुँका शेरबहादुर बोटे चयन भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा साउने बोटे, उपाध्यक्षमा सन्तबहादुर बोटे, सचिवमा इन्द्रप्रसाद बोटे, आशिष बोटे, संगिता बोटे, कोषाध्यक्षमा मीना बोटे र सदस्यहरुमा श्यामबहादुर बोटे, दिपक बोटे, घनश्याम बोटे, विन्दु बोटे, शोभा बोटे चयन भएका छन् ।