दमौली । कम्प्युटर एसोसिएसन महांसघ (क्यान) तनहुँको आयोजनामा व्यवसायीको क्षमता अभिवृद्धिका विद्युतीय लेखा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
ट्याक्स भ्याट सम्बन्धी जानकारीका साथै विद्युतीय लेखाका लागि स्मार्ट लेखा सफ्टवयरको बुककिपरको तालिम दिएको क्यान तनहुँका अध्यक्ष विश्वप्रकाश भुसालले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि क्यान महासङ्घका केन्द्रीय सदस्य तुल्सीराम पाण्डे रहेका थिए ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य पाण्डेले आजको डिजिटल जमानामा व्यवसायीका लागि लेखा राख्ने पुरानो ढड्डा प्रविधिलाई चिर्दै नयाँ डिजिटल र स्मार्ट प्रविधिको निकै आवश्यकता रहेको बताए ।
कार्यक्रममा ट्याक्स भ्याटको वाइज एडभाइस कन्सल्टिङका संचालक अनिल थापाले प्रशिक्षण दिएका थिए ।
यस्तै विद्युतीय लेखाका लागि स्मार्ट लेखा सफ्टवयर बुककिपरको तालिम देवराज घिमिरेले प्रशिक्षण गरेका थिए ।
उक्त कार्यक्रममा क्यान तनहुँमा व्यवसायी सँगै अन्यको समेत उल्लेखनीय सहभागिता रहेको र कार्यक्रम फलदायी भएको कार्यक्रम संयोजक पवन पौडेलले जानकारी दिए ।