तनहुँको मौरीओढारमा लेदोमा सवारीसाधन फस्दा पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध

Byखवरबाटिका

२९ असार २०८१, शुक्रबार ०१:२० २९ असार २०८१, शुक्रबार ०१:२० २९ असार २०८१, शुक्रबार ०१:२०

दमौली । लेदोमा सवारीसाधन फसेपछि पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीओढारमा सडकमा जम्मा भएको लेदोमा सवारीसाधन फसेपछि राजमार्ग अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडकमा अवरोध भएपछि पोखरातर्फ जाने र पोखरालगायतका ठाउँबाट अन्यत्र गन्तव्यमा हिँडेका सयौँ सवारीसाधान अलपत्र परेका छन् ।

जेसीबीसहित प्रहरी टोली घटनास्थलमा जाने क्रममा रहेको प्रहरीले जनाएको छ ।

यतिबेला तनहुँको दमौली र आसपासमा भारी वर्षा भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box