लियो निर्मल अल्फाले स्थापना दिवस राष्ट्रिय झन्डा राखेर र दिप प्रज्वलन गरि मनायो

Byखवरबाटिका

२३ श्रावण २०८१, बुधबार २१:१६ २३ श्रावण २०८१, बुधबार २१:१६ २३ श्रावण २०८१, बुधबार २१:१६

दमौली । लियो क्लब अफ तनहुँ निर्मल अल्फाले छैटौ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

बुधबार व्यास-१ भादगाउँ स्थित निर्मल माविमा क्लबले आफ्नो स्थापना दिवसमा नेपालको राष्ट्रिय झन्डा राखेर र दिप प्रज्वलन गर्दै मनाएको छ ।

क्लबका अध्यक्ष सुशील विकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथि लायन्स क्लब अन्तराष्ट्रिय ३२५ एल नेपालका सिनियर एड्भाइजर श्रीभद्र खनाल रहेका थिए ।

कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय ३२५ एल नेपालका सिनियर एड्भाइजर प्रताप गुरुङ, विद्यालयका प्रअ गणेश चन्द्र बस्नेत लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण क्लबकी सचिव अन्जली बि.कले गरेकी थिइन भने सम्पुर्ण जानकारी लियो क्लब अफ तनहुँका सचिव मुकेश बिडारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *