दमौली । टिम नेपो तनहुँको छैटौं पदस्थापना कार्यक्रम तथा स्थापना दिवस सम्पन्न भएको छ ।
पदस्थापना संगै वर्ष २०२४/२५ की अध्यक्ष वर्षा सारुले पदभार ग्रहण गरेकी छिन । वर्ष २०२३-२४ की अध्यक्ष पवित्रा भुजेलले वर्ष २०२४-२५ को अध्यक्षलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेकी छिन ।
कार्यक्रममा टिम नेपो गण्डकी प्रद्रेशका सचिव मिन बहादुर कुवर प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि कुवरले टिम नेपोको कार्यक्षेत्र शिक्षा, स्वस्थ्य, वातावरण संरक्षण र युवा नेतृत्वलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका थिए ।
यस्तै सोमबार नै संस्था स्थापना दिवस पनि रहेकाले संस्थाले व्यास-५ सागेमा रहेको जनजुक्त माबिमा कक्षा ७ मा अध्यनरत जेहन्दार छात्र दिवस खत्रीलाई विद्यालय पोशाक, स्टेसनरी सामान र छात्रवृत्ति रकम उपलब्ध समेत गराएको छ ।
कार्यक्रममा आफ्नो कार्यकालको कार्ययोजना सुनाउदै शिक्षा, स्वास्थ्य, वातावरण जस्ता क्षेत्रमा विभिन्न रचनात्मक र उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता अध्यक्ष सारुले व्यक्त गरिन ।
कार्यक्रममा वर्ष २०२३-२४ को उत्कृष्ट सदस्यलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका पुर्ब अध्यक्षहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रम वर्ष २०२४-२५ कि सचिव दिपालि रानाले संचालन गरेकि थिइन ।
वर्षाको नेतृत्वमा क्लबको सचिवमा दिपालि राना, कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ, मेम्बरसिप कोअर्डिनेटरमा मनिशा आले, पार्टनरसिप कोअर्डिनेटरमा सागर कुवर, पब्लिसिस्टमा थमन थापा, इडिटरमा उमेश पौडेल, ईभेन्ट कोअर्डिनेटरमा राजु श्रेष्ठ, फन्डराईजिङ कोर्डिनेटरमा पर्शुराम ढुंगाना र भोलेन्टर कोअर्डिनेटरमा सन्तोष सिग्देल चयन भएका छन ।