दमौली । तनहुँको व्यास नगरपालिका १२ मा शुक्रबार बिहान ४ बजे गएको पहिरो हताइएको छ । उक्त पहिरो हटाई अहिले पृथ्वी राजमार्ग एक तर्फी सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
करिब पौने ८ बजेको समय सडक सूचारु भएको छ । गत भदौ ५ गते पनि सोही स्थानमा भीषण पहिरो गएको थियो । बिहीबार रातिदेखि परेको वर्षाका कारण शुक्रबार बिहान ४ बजे सो स्थानमा पहिरो खस्दा उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
तस्विर : सन्दिप श्रेष्ठ
यो पनि :
तनहुँको घाँसिकुवामा फेरी पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध