शुक्लागण्डकी र म्याग्देलाई सुर्य नेपालले दियो कृषि एम्वुलेन्स

Byखवरबाटिका

२३ फाल्गुन २०८१, शुक्रबार २०:४२ २३ फाल्गुन २०८१, शुक्रबार २०:४२ २३ फाल्गुन २०८१, शुक्रबार २०:४२

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका कृषकले उत्पादन गर्ने कृषी उपजलाई बजारीकरण गर्न सुर्य नेपाल प्रा.लिले दुई स्थानीय तहलाई कृषि एम्वुलेन्स सहयोग गरेको छ ।

शुक्रबार प्रालिले यि दुई पालिकालाई २६ लाख मुल्यका एक÷एक थान कृषि एम्वुलेन्स हस्तान्तरण गरेको प्रा.लिका मानव संसाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिए ।

नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई कृषि एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै प्रालि शेराटार कारखाना प्रमुख बाबुराम कार्कीले आफुहरुको सहयोग पश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न सहयोग पुग्ने विस्वास गरे ।

यस्तै शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले अब गाउँ गाउँमा बार अनुसार कृषी उपज संकलन गरि बेलचौतारामा निर्माण गरि कृषी संकलन केन्द्र सञ्चालन गरिने बताए । उनले किसानले न्यूनतम मुल्यमा कृषि एम्वुलेन्स प्रयोग गर्न पाउने भएकाले उत्पादनमा जोड दिन आग्रह गरेका छन ।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिदै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताए । उनले गाउँ गाउँमा रहेको सामुदायिक भवनहरुलाई कृषि संकलन केन्द्रको रुपमा विकास गरि बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने बताए ।

उनले राजमार्ग विस्तारका कारण रोकिएका बाँकी पूर्वाधारका काम छिटो सक्ने गरि शुक्रबार कार्यपालिका बैठकले निर्णय समेत गरेको जानकारी दिए ।

सुर्य नेपाल प्रा.लिले जिल्लाका विभिन्न पालिकाहरुमा रहेका विद्यालयमा शिक्षक ब्यवस्थापन गरिदिने, एम्वुलेन्स, दमकल लगायतका उपकरणहरुको उपलब्ध गराउनुका साथै बाटो, सडक, शवदहन गृह लगायत पूर्वाधार विकासमा समेत महत्वपूर्ण सहयोग उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *