
दमाैली – दमाैली बजारमा सालको पात बेचेर जीविकाे निर्वाह गर्दै आएकी आमालाइ तनहुँका सञ्चारकर्मी राजेन्द्र परियारले खाद्यान्न सहयोग गरेका छन । सञ्चारकर्मी परियारले उनको घरमा गएर चामल, दाल, सोयाबिन बिस्कुट लगायतका खाद्यन्न शुक्रबार हस्तान्तरण गरेका हुन ।
जाडो मौसममा खानपिनको अभाव नहोस भनेर आफूले बृझआमाकाे परिवारलाइ आर्थिक सहयोग गरेको परियारले बताए । ‘जाडोको मौसम छ, बृद्ध आमालाइ खानामा अभाब छ भन्ने सुनेर खाद्य सहयोग गरेको हु ।’ उनले भने, ‘तिहारमा परिवारमा मिठो मसिनो खान सहयोग गरेकाे हुँ ।’
शुक्रबार दिउँसो बृद्ध आमाको घरमा पुग्दा चिसोमा ओढ्ने र बिस्ताराको अभाव रहेको आमाले बताइन् । उनले आफुलाइ सहयोग गरेकोमा सञ्चारकर्मी परियार प्रती धन्यवाद व्यक्त गरिन ।