
रामबहादुरधामी/अाँबुखैरेनी
चितुवाकाे अाक्रमणबाट शनिवार राती तनहुँकाे अाँबुखैरेनीमा एक बालिका घाइते भएकी छिन । अाँबुखैरेनी गाउँपालिका-१ समस्तिपुरमा चितुवाको आक्रमणबाट धन बहादुर पन्तकी नातिनी १० बर्षिया अमिषा थापा घाइते भएको इलाका प्रहरी कार्यालय, अाँबुखैरेनीले जनाएकाे छ ।
मावली घरमा बसेकी अमिषालाइ शनिवार राति करिब ९ बजेको समयमा चितुवाले आक्रमण गरेकाे हाे । घटनाकाे बारेमा बिस्तृत बिबरण अाउन बाँकी रहेकाे छ ।