May 22, 2022

तनहुँ – आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएपछि गाउँपालिकाले अाइतबारदेखी ३ दिनका लागि गाउँपालिकाकाे कार्यालय बन्द गरेकाे छ । अाइतबार बिहान बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले मंगलबारसम्म गाउँपालिकाकाे कार्यालय बन्द गर्ने निर्णय गरेकाे गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय पाेखराले शनिवार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा काेराेना भाइरस देखिएकाे पु्ष्टि गरेको थियो । कर्मचारीमा काेरोना भाइरस पुष्टि भएसंगै तत्कालका लागि ३ दिन कार्यालय बन्द गरिएकाे थापाले बताए ।

कोरोना संक्रमित भनिएका कर्मचारीकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे र उनी घरमा नै रहेकाे गाउँपालिका श्राेतले जनाएकाे छ ।

सच्चाइएकाे सम्बन्धमा – यसअघि प्रकाशित यस समाचारमा भुलवश काेरोना संक्रमित व्यक्तिकाे नाम उल्लेख भएकाेमा क्षमाप्रार्थी छाै ।

Leave a Reply

Your email address will not be published.