जुवाडे छुटाउन रातीमा प्रशासनकाे बयान

Byखवरबाटिका

१७ कार्तिक २०७८, बुधबार २१:०६ १७ कार्तिक २०७८, बुधबार २१:०६ १७ कार्तिक २०७८, बुधबार २१:०६

तनहुँ – तनहुँमा गएराती १ बजे पक्राउ परेका २९ जुवाडे छुटाउनका लागि प्रशासनले  अहिले रातीकाे समयमा बयान लिइरहेकाे छ । तनहुँकाे शुक्लागण्डकी ८ ढाेरफिर्दी लालिमका बिल बहादुर गुरूङकाे घरमा छापा मारेर प्रहरीले नाै लाख ११ हजार रूपैया सहित काैडा खेली रहेका २९ जनालाइ नियन्त्रणमा लिएकाे थियाे ।

प्रहरीले घर धनि बिल बहादुर गुरुङसंगै खेलाडीहरु भानुभक्त पराजुली, सुरज रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन, रमेश भट्टराई, राजु पुन, गोविन्द बि.क.,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बि.क., रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल लाइ पक्राउ गरेकाे थियाे ।  काैडा खेलाउनी घरधनी शुक्लागण्डकी ८ का वडा सदस्य हुन ।

पक्राउ परेका जुवाडेलाइ प्रहरी कार्यालयमा राख्न पर्याप्त ठाउँ नभएकाले र बिहीबारदेखी कार्यालय समेत बन्द हुने भएकाले पक्राउ परेका जुवाडेलाइ राती अबेर सम्म बयान लिने काम गर्नुपरेकाे प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘नागरिकता र पासपाेर्टका लागि पनि कहिले काँही ६ बजेसम्म कार्यालय खाेल्नु पथ्याे’, उनले भने, ‘ कार्यालय सकिने समयमा मुद्दा अाएकाे र बयान सक्नु पर्ने भएकाले  काम भइरहेकाे हाे ।’

राजनीतिक दलकाे दबाबका कारण प्रशासनले मध्यरातमा जुवाडेसंग बयान लिएर रातारात मुद्दाकाे निर्णय लिन लागेकाे हाे । प्रशासनले  राती अबेरसम्म बयान लिएर पक्राउ परेका जुवाडेलाइ धराैटीमा छाड्ने तयारी गरेकाे श्राेतकाे अाराेप छ । स्थानीय नेता सहितका जुवाडे पक्राउ परे लगतै राजनीतिक दलबाट दबाब अाएकाे चर्चा चलेकाे थियाे । अहिले रातकाे नाै बजेसम्म पनि जिल्ला प्रशासन कार्यालय तनहुँमा बयानकाे काम जारी छ ।

#केही सम्पादन गरिएकाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box