वडा सदस्यकाे घरमा प्रहरीकाे छापा, काैडा खेलिरहेका २९ पक्राउ

Byखवरबाटिका

१७ कार्तिक २०७८, बुधबार १२:५३ १७ कार्तिक २०७८, बुधबार १२:५३ १७ कार्तिक २०७८, बुधबार १२:५३

शुक्लागण्डकी – गएराती तनहुँकाे शुक्लागण्डकीमा जुवा खेलिरहेका २९ जनालाइ तनहुँ प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले गएराती १ बजेकाे समयमा शुक्लागण्डकी ८ ढाेरफिर्दी लालिमका बिल बहादुर गुरूङकाे घरमा छापा मारेर काैडा खेली रहेका २९ जनालाइ नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेहरूमा घर धनि बिल बहादुर गुरुङ अन्य खेलाडीहरु भानुभक्त पराजुली, सुरज रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन, रमेश भट्टराई, राजु पुन, गोविन्द बि.क.,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बि.क., रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । काैडा खेलाउनी घरधनी शुक्लागण्डकी ८ का वडा सदस्य हुन ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचाैताराबाट खटिएकाे प्रहरी टाेलीले सम्बन्धित घरमा खानतलासी गर्दा उक्त ९ लाख ११ हजार ४ सय पाँच रूपैया सहित २९ जनालाइ नियन्त्रणामा लिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिम्सिनाले जानकारी दिए ।

उनीहरूकाे साथबाट कौडा १६ (सोह्र) वटा, भिष्टिङ् उठाउन प्रयोग गरेको बट्टामा बैकल्पिक रुपमा राखेको कौडा १६ (सोह्र) वटा गरी ३२ वटा काैडा समेत बरामद गरेकाे कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *