सामाजिक व्यक्तित्वले नै अतिक्रमण गर्छन् सार्वजनिक जग्गा

Byखवरबाटिका

२७ माघ २०७८, बिहीबार ११:०२ २७ माघ २०७८, बिहीबार ११:०२ २७ माघ २०७८, बिहीबार ११:०२

दमौली :बुधबार व्यास नगरपालिकाको टोली डोजर सहित व्यास २ स्थित उत्तरशिला टोलमा पुग्यो । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनालाई डोजर लगाएर भत्काईदियो । जनजागृती टोलका स्थानीय विक्रम श्रेष्ठ, भरत पोख्रेल, मनबहादुर रुचाल, राजेन्द्र श्रेष्ठ, कला श्रेष्ठ र उत्तरशीला टोलस्थित वृषराज श्रेष्ठले निर्माण गरेको संरचना भत्काईयो । उक्त्त ठाउमा रहेको एक निजि बिद्यालयले पनि  सार्वजनिक जग्गा मिची  कक्षाकोठा र शौचालय  निर्माण गरेको रहेछ । बिद्यालयको शौचालय तत्काललाई आवश्यक रहेको हुनाले पछि हटाउने सर्तमा उक्त दिन एउटा कक्षाकोठा मात्र भत्काइएको छ ।   जग्गामा निर्माण गरिएका घरटहरा हटाउन पटक–पटक पत्राचार गर्दा पनि नहटाएपछि नगरपालिकाले डोजर लगाएर भत्काइएको व्यास २ का वडा अध्यक्ष काशीनाथ श्रेष्ठले बताए । अन्य वडामा भन्दा व्यास २ मा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको पाईएको उनले बताए । नगरपालिकाले गत पुस २२ गते बोर्ड बैठक बसेर सार्वजनिक जग्गा मिची निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई १५ दिने सुचना प्रकाशित गरेको थियो । नगरपालिकाका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । उक्त ठाँउमा पनि केही दिनमै सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना हटाइने नगरपालिकाले जनाएको छ । साथै व्यास नगरपालिका– १ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको पाईएको छ । नगरभित्र सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको छ । ४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box