तनहुँमा १ हजार ७४४ जनाको उम्मेदवारी दर्ता, कहाँ कति ? (सूचि सहित)

Byकिरण श्रेष्ठ

१५ बैशाख २०७९, बिहीबार ११:३७ १५ बैशाख २०७९, बिहीबार ११:३७ १५ बैशाख २०७९, बिहीबार ११:३७

तनहुँ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा १ हजार ७ सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दश स्थानीय तह रहेको तनहुँमा स्थानीय तहको प्रमुख/उपप्रमुख (अध्यक्ष/उपाध्यक्ष), वडाध्यक्ष र सदस्यका लागी उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाको व्यास नगरपालिकामा मेयर, उपमेयर सहित विभिन्न पदका लागी ३ सय ३९ जनाले उम्मेदवारी दिएका छन् । मेयरमा १३ उपमेयरमा ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार १४ वडाको अध्यक्षका लागी ७७ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा १ सय २८, महिला सदस्यमा ५८ र दलित महिला सदस्यमा ५५ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

यस्तै भानु नगरपालिकामा कुल ३ सय १७ जनाले उम्मेदवारी दिएका छन् । मेयर पदका लागी ६ र उपमेयरमा ५ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी ७४ जना, खुल्ला सदस्यमा १ सय २१, महिला सदस्यमा ५८ र दलित महिला सदस्यमा ५३ जनाले उम्मेदवारी दिएका छन् ।

भिमाद नगरपालिकामा कुल १ सय ३० जनाले उम्मेदवारी दिएका छन् । मेयर पदका लागी ६ र उपमेयरमा ५ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी ३१ जना, खुल्ला सदस्यमा ४४, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा २३ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै शुक्लागण्डकी नगरपालिकामा कुल २ सय ५२ जनाले उम्मेदवारी दिएका छन् । मेयर पदका लागी ९ र उपमेयरमा ५ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी ६७ जना, खुल्ला सदस्यमा ९३, महिला सदस्यमा ४२ र दलित महिला सदस्यमा ३६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी आँबुखैरेनी गाउँपालिकामा कुल १ सय ३५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी ६ र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी ३१ जना, खुल्ला सदस्यमा ४४, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा २४ जनाले उम्मेदवारी दिएका छन् ।

ऋषिङ गाउँपालिकामा कुल १ सय १७ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी ६ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी २८ जना, खुल्ला सदस्यमा ४३ , महिला सदस्यमा १८ र दलित महिला सदस्यमा १८ जनाले उम्मेदवारी दिएका छन् ।

घिरिङ गाउँपालिकामा कुल ८६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी ४ र उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी १८ जना, खुल्ला सदस्यमा ३३, महिला सदस्यमा १३ र दलित महिला सदस्यमा १५ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै देवघाट गाउँपालिकामा कुल ९८ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी ९ र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी १९ जना, खुल्ला सदस्यमा ३३, महिला सदस्यमा १८ र दलित महिला सदस्यमा १३ जनाले उम्मेदवारी दिएका छन् ।

बन्दीपुर गाउँपालिकामा कुल १ सय २६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी ६ र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी २७ जना, खुल्ला सदस्यमा ४५, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा २० जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै म्याग्दे गाउँपालिकामा कुल १ सय ४४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी ६ र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागी ३४ जना, खुल्ला सदस्यमा ५३, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा २२ जनाले उम्मेदवारी दिएका छन् ।a

Leave a Reply

Your email address will not be published. Required fields are marked *