तनहुँ । तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो ।
नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । जोशीलाई नेकपा एमाले तनहुँको समर्थन छ ।
तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशी समुहबीच तालमेल भएको छ ।
उनीहरुको तालमेलबाट व्यासको मेयरको लागि दीपकले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट उपमेयरमा बसुन्धरा घर्ती रहेकी छिन् ।