अन्जान परियार, घिरिङ । नेकपा एमाले घिरिङले घरदैलो अभियान थालेको छ ।
गाउँपालिकाका अध्यक्षका उम्मेदवार होम बहादुर थापा र उपाध्यक्ष राधा देवि अधिकारीले घरदैलो अभियान वडा नं ३ पोखरिछापबाट सुरु गरेका छन।
उनिहरुले ९८ वर्षीय वृद्धा पेमा कुमारी थापाको हात बाट टीका लगाएर ज्योतिषी शास्त्रको आधारमा दिउँसो ३:४५ बजेको शुभसाइतमा शुरु गरेका हुन ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य टुकराज सिग्देलको विशेष उपस्थितिमा र कार्यकर्ताहरुको उपस्थितिमा प्रचारप्रसारमा एमाले घिरिङ्ग लागेको हो ।
नेकपा एमाले नेत्तृत्वको सरकारले कुनै कसुर नराखी जनताको सेवा गरेको र फेरि पनि घिरिङ्गका जनताको भावना बुझेको पार्टी एमाले मात्रै रहेको जिकिर गर्दै आफुहरुको जित सुनिश्चित भएको थापाले दाबी गरे।
घिरिङ्गका जनता लाई सुख र समृद्धिको यात्रामा पुर्याउन सक्ने भिजन आफु संग भएकोले अहिलेको परिस्थितिमा घिरिङ्ग गाउँपालिका अध्यक्षको लागी मत दिएर निर्वाचित गराइदिन अनुरोध गरेका छन ।