दमाैली – भानु नगरपालिकामा गरिएकाे स्वाब परिक्षणबाट थप २ जनामा काेरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएकाे परिक्षणबाट भानु नगरपालिकाका वडा अध्यक्ष र अर्का मानिसमा कोरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे हाे ।
कोरोना संक्रमण हुनेमा भानु २ का र भानु ४ का ३० र ६१ बर्षका पुरूष रहेका छन्र । जसमा एक जना वडा अध्यक्ष र एक जना निर्माण व्यवसायी भएकाे भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एेश्वर्यचन्द्र भट्टराइले जानकारी दिए । दुबै संक्रमितलाइ अाइसोलेसन पठाउने तयारी भइरहेकाे नगरपालिकाले जनाएकाे छ ।
यस अघि शुक्रबार भानु नगरपालिकामा २० जनामा कोरोना संक्रमित भेटिएका थिए ।
