व्यास १ का थप ४ जनामा काेराेना पुष्टी

Byखवरबाटिका

३२ श्रावण २०७७, आईतवार १०:१३ ३२ श्रावण २०७७, आईतवार १०:१३ ३२ श्रावण २०७७, आईतवार १०:१३

दमाैली–व्यास नगरपालिका वडा नं. १ का ४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले अाइतबार बिहान बिज्ञप्ती जारी गर्दै व्यास १ का २ पुरूष र २ महिलामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे जनाएकाे हाे ।

काेराेना भाइरस संक्रमण पुष्टी हुनेमा ४० र ९ बर्षिय पुरूष र ३६ र १३ बर्षिया महिला रहेकाे निर्देशनालयले जनाएकाे छ । पोखरामा उपचारर्थ व्यास १ की महिलामा कोरोना भाइरसकाे लक्षण देखिएपछि शनिवार व्यास १ मा कन्ट्याक्ट ट्रेसिङकाे अाधारमा २१ जनाकाे स्वाब परिक्षण गरिएकाे व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *