तनहुँ । तनहुँको व्यास-१२ छिर्कनमा स्थानीयले व्यास नगरपालिकाको मेयरका उम्मेदवार वैकुण्ठ न्यौपानेलाई घेरेका थिए । मतदातालाई पैसा बाड्न आएको भन्दै छिर्कनका स्थानीयले मेयरका उम्मेदवार न्यौपाने बसेको घर घेराउ गरेका थिए ।

ठुलो संख्याको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले न्यौपानेलाई छिर्कनबाट मध्यराती १२ बजे उद्दार गरेको छ । प्रहरीले न्यौपानेको उद्धार गरेर दमौली ल्याएको छ ।

मौन अवधिको समयमा न्यौपाने मतदातालाई प्रभावित पार्न आएको भन्दै स्थानीयले करिब २ घण्टा घेराउ गरेका थिए । न्यौपाने त्यहाँ एक स्थानीय कांग्रेस नेताको घरमा बसेका थिए ।

पैसा बाड्न गएको कुरा झुट्टा आरोप भएको फेसबुक लाइभ मार्फत उम्मेदवार न्यौपानेले बताएका थिए । उनले आफु साथिको घरमा जाँदा उक्त आरोप लगाइएको बताएका छन् ।

न्यौपानेको साथमा व्यास नगरपालिकाका पुर्व मेयर ताराप्रसाद श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले र व्यास-११ का निवर्तमान वडाअध्यक्ष निर बहादुर खड्का रहेका थिए ।

उम्मेदवार न्यौपाने व्यास नगरपालिकाको निवर्तमान नगरप्रमुख (मेयर) समेत हुन् । उनि पुन: मेयरका लागी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

उनका निकटम प्रतिद्वन्दीमा एमाले-जोशी समुहबाट दीपक राज जोशी व्यासको नगरप्रमुखको उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *