मिस नेपालको ताज प्रियंका रानी जोशीलाई

Byकिरण श्रेष्ठ

४ असार २०७९, शनिबार २२:०५ ४ असार २०७९, शनिबार २२:०५ ४ असार २०७९, शनिबार २२:०५

काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् ।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।

उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।

गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए ।

कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिक रुपमै सम्पन्न भएको हो ।

द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *