तनहुँमा एक लाख ५३ हजारले भरे राष्ट्रिय परिचयपत्रको फारम

Byकिरण श्रेष्ठ

८ असार २०७९, बुधबार १४:०३ ८ असार २०७९, बुधबार १४:०३ ८ असार २०७९, बुधबार १४:०३

तनहुँ । तनहुँमा एक लाख ५३ हजारले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको अभियान र फिक्स्ड कार्यालय जिल्ला प्रशासनमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या १ लाख ५३ हजार १६० जना पुगेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकी जिल्ला सुपरभाइजर विनिता ढुङ्गेलले जानकारी दिईन ।

जिल्ला सुपरभाइजर ढुङ्गेलका अनुसार स्थानीय तहमा सञ्चालन भएको अभियानबाट जेठ मसान्तसम्म १ लाख १६ हजार ६३४ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका हुन् । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर सोमबारसम्म ३६ हजार ५२६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका ढुङ्गेलले बताईन ।

जिल्लाबाटै इ–पासपोर्टको काम समेत भईरहेकाले समेत राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड भएको जिल्ला सुपरभाइजर ढुङ्गेलले जानकारी दिईन । पासपोर्ट बनाउन सरकारले राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेसंगै जिल्ला प्रशासनमा दैनिक जसो भिड लाग्ने गरेको छ ।

तनहुँमा गत २०७६ साउनबाट जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रको फारम भर्न सुरु गरिएको थियो । जिल्ला प्रशासनले दुई जना कर्मचारी र विभागबाट १ जना गरी ३ वटा स्टेसनबाट काम भईरहेको जिल्ला सुपरभाइजर ढुङ्गेलले जानकारी दिईन । उनका अनुसार अहिले १५० भन्दा माथी दैनिक फाराम भर्ने काम भईरहेको छ ।

जिल्लाको व्यास नगरपालिकामा २३ हजार ५८६, शुक्लागण्डकी नगरपालिका २३ हजार ७४६, भिमाद नगरपालिकामा १४ हजार ९७५, म्याग्दे गाउँपालिकामा ११ हजार ४४२, आँबुखैरेनी गाउँपालिकामा ७ हजार ४१४, देवघाट गाउँपालिकामा ९ हजार ५४, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा १६ हजार ३९७ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेको जिल्ला सुपरभाइजर ढुङ्गेलले बताईन । यसमा बन्दिपुर गाउँपालिकाको छुट्टै डाटा आउँन बाँकी रहेको ढुंगेलले बताईन । कुल संख्यामा भने बन्दिपुर गाउँपालिकाको समेत समावेश रहेको छ ।

यस्तै जिल्लाको पालिकामा वडागत रुपमा भने गत २०७८ पुष २६ गतेबाट फराम भर्ने काम सुरु गरिएको उनले बताईन । तनहुँको ८ वटा पालिकामा राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सकिएको ढुंगेलले बताईन ।

अहिले जिल्लाको बन्दीपुर गाउँपालिकामा अभियान संचालन भईरहेको र भानु नगरपालिकामा सुरु भएको जिल्ला सुपरभाइजर ढुङ्गेलले बताईन । सकिएको पालिकामा छुटेका सर्वसाधारणले जिल्ला प्रशासनमा आएर फाराम भर्न सक्ने उनि बताउछिन ।  आफ्नो विवरण सच्चाउने अप्सन नभएको हुँदा सुरुमा विवरण भर्दा नै ध्यान दिनुपर्ने ढुङ्गेल बताउछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *