तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ सैंबु भैसेपाटीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा ६० बालबालिकालाई न्यानो कपडा संगै शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

क्लबले तनहुँको बन्दिपुर गाउँपालिका-५ भुजेल गाउँ स्थित आधिबाराही प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्लबले सहयोग गर्नुअघि विद्यालय र विद्यार्थीको अवस्था र आवश्यकता बुझेर सहयोग गरेको हो ।

दुवै क्लबले संयुक्त रुपमा गरेको सहयोग ८० हजार रुपैयाँ बराबरको रहेको क्लबले जनाएको छ । रोटर्‍याक्ट दमौली र सैंबु भैसेपाटी ट्विन क्लब हुन् ।

विद्यालयमा अध्ययनरत ६० विद्यार्थीलाई स्विटर, टोपी, मोजा लगायतका न्यानो कपडा, शैक्षिक सामग्री र सरसाईको लागी ब्रस र साबुन वितरण गरिएको रोटर्‍याक्ट क्लब अफ सैंबु भैसेपाटीकी अध्यक्ष सनम घिमिरेले जानकारी दिईन ।

न्यानो कपडाको लागी सामाजिक कार्यका लागि खेलिएको देउसी भैलो कार्यक्रमका साथै क्लबको अन्य कार्यक्रमबाट संकलन गरेको रकमबाट आर्थिक व्यवस्थापन गरेको रोटर्‍याक्ट क्लब अफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटर्‍याक्ट डिस्ट्रिक ३२९२ का पुर्व डिआरआर सुशिल कुमार कार्कीले जहा आवश्यक छ त्यहा रोटर्‍याक्ट क्लबले सहयोग गर्ने बताए । उनले सहि समयमा उचित काम गरेको बताउदै निरन्तरता दिन आग्रह गरे ।

साथै सोही अवसरमा प्रमुख अतिथि श्रेष्ठले सरसफाईको विषयमा विद्यार्थी र अभिभावक सँग अन्तरक्रिया गरेका थिए । उनले सरसफाईको आवश्यकता र महत्वका बारेका जानकारी गराएका थिए ।

यस्तै बन्दिपुर गाउँ कार्यपालिका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन भुजेलले राम्रो काम गरेकोमा खुसी ब्यक्त गर्दै दिन दुखिलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । देशको लागि युवाको खाचो भएको बताउदै युवा सँग हातेमालो गर्न तयार रहेको भुजेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *