तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख (मेयर)का उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागी काठमाडौ लगिने भएको छ ।

शुक्रबार जिल्लाको व्यास-८ रिस्तीमा काङ्ग्रेस कार्याकर्ताको आक्रमणबाट घाइते भएका जोशीलाई शुक्रबार साँझ पोखरा लगिएको थियो ।

जोशीको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भएको थियो । थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ स्थित फ्रन्टलाइन अस्पताल नयाँ बानेश्वर लैजाने तयारी भएको जोशीको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हिजो शुक्रबार नै काठमाडौ लैजाने तयारी गरिएतापनि मौसम खराबीले हेलिकप्टर दमौली आउन सकेन । सोही कारणले जोशीलाई एम्बुलेन्स मार्फत पोखरा लगिएको थियो ।

जोशीको टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ ।

शुक्रबार व्यास-८ रिस्तीको फेदी मतदान केन्द्रमा मतदानको अवस्था बुझ्न जादा उनिमाथी आक्रमण भएको थियो ।

यता नेपाली काङ्ग्रेसका कार्यकर्ताले भने उम्मेदवार जोशीले १ सय थान मतपत्र च्यातेको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *