
सिड्नीमा स्थापना गरिएको इन्टरनेशनल इन्ष्टिच्यूट अफ एजुकेसन काे एक कार्यक्रमका बिच अष्ट्रेलियाका पुर्वमन्त्री ब्रुस बेअर्डले उदघाटन गरेका छन । अष्ट्रेलियाका लागि यातायात/पर्यटन लगायतका विभिन्न मन्त्रालयमा मन्त्रीकाे जिम्मेवारी सम्हालि सकेका पुर्व मन्त्री बेअर्डले नेपाली युवाहरुको लगानीले गौरवान्वित बनाएको बताउँदै कलेजको सफलताको शुभकामना व्यक्त गरे ।

अष्ट्रेलियामा अध्ययन गर्न चाहने बिद्यार्थीहरूका लागि नयाँ गन्तव्यको रूपमा संचालन भएकाे इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेशन कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्यूनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने कलेजका संस्थापक एवं प्रमुख कार्यकारी निर्देशक सागर लोहनीले जानकारी दिए । प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ र सिकाइलाइ बिद्यार्थीले जुनसुकै देशमा पनि उपभाेग गरी अायअार्जन गर्न सक्ने कलेजले जनाएकाे छ ।
अधिकांश विद्यार्थीको काम र पढाइ बीच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत सहजै पाउने भएकाले यसखाले कोर्स कलेजमा सुरु गरिएको लोहनीले जानकारी दिए। कलेजले चाँडै नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि केही नयाँ पाठ्यक्रमहरू विकास गर्ने तयारी गरिरहेकाे उनले बताए ।
हालसालैका वर्षहरूमा अस्ट्रेलिया सरकारले गरेकाे आवासीय मापदण्डका परिवर्तनमा प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहनीको भनाई छ।
