तनहुँमा १५ प्रतिशत बजेट फ्रिज

Byखवरबाटिका

१ श्रावण २०७७, बिहीबार १९:४१ १ श्रावण २०७७, बिहीबार १९:४१ १ श्रावण २०७७, बिहीबार १९:४१

संघीयको पूजीगत खर्च करिब ५५ प्रतिशत मात्र


समुन्द्र पौडेल/तनहुँ
तनहुँमा संघीय र प्रदेश सरकारबाट विनियोजित रकम मध्ये यो आर्थिक वर्षमा १५ दशमलब २२ प्रतिशत बजेट फ्रिज भएको छ । तनहुँमा आएको कुल बजेटको १ अर्ब ९० करोड ४६ लाख १ हजार ५ सय २३ रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । फ्रिज भएको बजेटमा अधिकांश बजेट संघीय बजेटको पूजीगत तर्फको बजेट रहेको छ।

आर्थिक वर्ष २०७६/०७७ का लागि संघीय सरकारबाट बिनियोजित १ अर्ब ८१ करोड १५ लाख ७० हजार ५ सय ९९रुपैया पूजीगत बजेट अन्र्तगत ९८ करोड ९६ लाख ४७ हजार ३ सय ६९ रुपैया ६२ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । बिनियोजित पूजीगत रकमको ५४ दशमलब ६३ प्रतिशत रकम खर्च भएको हो ।
संघीय सरकारको चालु खर्च तर्फको बिनियोजन भने तनहुँमा ९४ दशमलब ६५ प्रतिशत खर्च भएको छ । ८ अर्ब ६ करोड २१ लाख ४६ हजार ६ सय ७८ रुपैया ५६ पैसा बिनियोजन भएकोमा ७ अर्ब ३० करोड ४४ लाख ६ हजार १ सय ५९ रुपैया ६२ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेश सरकारबाट पुजीगत बजेटको ७७.९५ प्रतिशत र चालु बजेटको ७०.११ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ । पुजीगत तर्फ १ अर्ब ७५ करोड ९९ हजार ८ ससय ५४ रुपैया बिनियोजन गरेकोमा १ अर्ब ३६ बरोड ४१ लाख २९ हजार ३ सय ५६ रुपैया ७८ पैसा खर्च भएको छ । चालु खर्च तर्फ ८८ करोड ६५ लाख ७१ हजार १ सय ७ रुपैया बिनियोजन भएकोमा ६२ करोड १५ लाख ६३ हजार ८ सय ३९ रुपैया ८७ पैसा खर्च भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *