भदौ १ गतेदेखि देशैभर गाडी चल्ने, विद्यार्थी भर्ना गर्न र परीक्षा लिन पाइने

Byखवरबाटिका

६ श्रावण २०७७, मंगलवार २३:२५ ६ श्रावण २०७७, मंगलवार २३:२५ ६ श्रावण २०७७, मंगलवार २३:२५

काठमाण्डाै – आउँदाे भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका लामो तथा छोटो दूरीका गाडी चलाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयाे ।  

यस्तै भदौ १ गतेदेखि नै विद्यालयले भर्ना लिन पाउने, शैक्षिक गतिविधि तथा परीक्षा पनि सञ्चालन गर्न पाइने सरकारले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *