मास्क नलगाउनेलाई कारर्वाही गर्दै प्रहरी

Byखवरबाटिका

१५ श्रावण २०७७, बिहीबार २१:११ १५ श्रावण २०७७, बिहीबार २१:११ १५ श्रावण २०७७, बिहीबार २१:११

– बिहीबार ७२ जनालाइ जरिवाना

तनहुँ – काेरोना भाइरसकाे जाेखिम बढ्दै गरेकाे अबस्थामा सार्वजनिक स्थानमा मास्क नलगाइ हिड्ने सर्वसाधारणलाइ तनहुँ प्रहरीले कारर्वाही शुरू गरेकाे छ । बिहीबार मात्र तनहुँ प्रहरीले ७२ जनालाइ कारर्वाही गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा बिहीबार ७२ जनालाइ १ सय रूपैयाकाे दरले जरिवाना गरेकाे हाे । तनहुँ प्रहरीले बुधबार १ सय जनालाइ कारर्वाही गरेकाे थियो ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम जिल्लाबासीमा सचेतना संगै कारवार्ही प्रक्रिया अघि सारिएकाे प्रहरी प्रवक्ता युवराज तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *