तनहुँ– काेरोनाकाे जोखिम बढ्रदै जादाँ मास्ककाे प्रयोग नगर्ने सर्वसाधारणलाइ कारर्वाही गर्ने शिलशिलामा शुक्रबार तनहुँ प्रहरीले ५८ जनालाइ कारर्वाही गरेकाे छ । मास्क प्रयोग नगरी बजार पैदल एवं सवारी साधनमा हिड्ने व्यक्तिलाइ प्रहरी र ट्राफिक प्रहरीले कारर्वाही गरेकाे हाे ।
मास्क प्रयोग नगरेका ५८ जनालाइ मास्क प्रयोग गर्न अनुराेध गर्दै प्रतिव्यक्ति रू सयका दरले जरिवाना गराइएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए।
पछिल्लो समयमा कोरोना भाईरस अनपेक्षित रुपमा फैलिन थालेपछि बुधबारदेखी तनहुँ प्रहरीले मास्क प्रयोग नगर्ने सर्वसाधारणलाइ कारर्वाही गर्न शुरू गरेकाे हाे । बुधबार एक सय जनालाइ कार्वाही गरेकाे तनहुँ प्रहरीले बिहीबार ७२ जनालाइ कारर्वाही गरेकाे थियो ।