निशुल्क मास्क बाड्दै आँबुखैरेनी सेवा समाज

Byखवरबाटिका

२ भाद्र २०७७, मंगलवार २१:४४ २ भाद्र २०७७, मंगलवार २१:४४ २ भाद्र २०७७, मंगलवार २१:४४

अत्यावश्यक काममा निस्किएका समयमा मास्क घरमै छुट्न सक्छ । बाध्यताकै कारण मास्क लगाउन नसक्ने पनि छन। यस्तै समस्या र बिपदमा परेका मानिसलाइ आँबुखैरेनी सेवा समाजले निशुल्क मास्क बितरण गरेकाे छ ।

सोमबारदेखी शुरू गरिएकाे निशुल्क माक्स वितरण अभियानमा ५ सय ५० जनालाइ माक्स बितरण गरिएकाे आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनाेजकुमार श्रेष्ठले जानकारी दिए । ‘सडकमा माक्स बिना हिडडुल गरेका मानिसलाइ निशुल्क माक्स दिएका हाै,’ उनले भने, ‘एक सातासम्म करिब ५ हजार सर्वसाधारणलाइ माक्स वितरण गर्ने योजना हाे ।’

समाजले पृथ्वी राजमार्ग अर्न्तगत चितवनकाे मुग्लिन बजारदेखी तनहुँकाे आँबुखैरेनी गाउँपालिकाकाे सत्रसय बजारसम्म निशुल्क माक्स वितरण गरेकाे हाे । माक्स प्रयोग नगरेका सर्वसाधारणलाइ माक्स प्रयोग गर्न अनुरोध गर्दै निशुल्क माक्स वितरण गरेकाे श्रेष्ठले बताए । समाजले एक सातासम्म निशुल्क माक्स वितरण अभियानलाइ निरन्तरता दिने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *