
दमाैली – व्यास युथ क्लव दमाैलीले व्यास नगरपालिका वडा नं. ४ निवासी क्यान्सर र मृगौला बिरामीलाई १ लाख १० हजार रूपैया अार्थिक सहयोग गरेकाे छ । क्लवले आइतबार व्यास ४ बस्ने मृगौला बिमारी रामलाल श्रेष्ठको उपचारको लागी रु ७० हजार, व्यास २ निवासी मृगौला बिमारी राजु गुरुङको उपचारको लागी रु २० हजार र व्यास १ निवासी क्यान्सर बिरामी पार्वती गुरुङलाई २० हजार रूपैया प्रदान गरेकाे हाे ।
अार्थिक अभावका कारण उपचारमा समस्या भएपछि बिरामीकाे परिवारलाइ क्लवले अार्थिक सहयोग गरेकाे व्यास युथ क्लबका अध्यक्ष मिन बहादुर गुरुङ (चरीबाबा)ले बताए । रकम गुरूङले बिरामीका परिवारलाइ हस्तान्तरण गरेका हुन ।
क्लबले व्यास ४ मा घर दैलो गरि सहयोग संकलन अभियान संचालन गरेकाे, क्लबका परिवार तथा दमौली वासिन्दा र हाल बेलायत र विभिन्न देश बाट राजन गुरुङ र निर थापाकाे समन्वयमा संकलित रकम बिरामीकाे परिवारलाइ प्रदान गरिएकाे क्लबका सचिव मनोज राउतले जानकारी दिए ।