सुमन श्रेष्ठ / दमाैली-
मुहारमा उत्रेको हाँसो खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेसा पनि रङबाट दुरुस्तै बनेका मुहार देख्नेहरु अनौँठो मान्छन् । कसैका गालाका डिम्पल पनि हाँसिरहे झैँ लाग्छन् अनि कसैको उमेरले दिएको चाउरीपना उमेरसँगै हाँसे झैँ लाग्छन् । जलरङ प्रयोग गर्नु अर्को चुनौती हो । स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति उतार्नुपर्छ । सिद्धहस्त (पेन्टिङ) कलाकारले बनाएको मुहार चित्र महङ्गो क्यामराले खिचेको तस्वीरभन्दा अब्बल र जीवन्त हुन्छ ।
दमौली ब्यास-१० कुमाल टारीका २९ बर्षिए गोपाल दरैको यो लोभलाग्दो प्यारो दमौली आस पासको विभिन्न कोणबाट बनाएको प्रकृति मुहार सिद्धहस्तकला (पेन्टिङ)। दरैले कलेस्ती घर भएका हाल पोखरामा रहेका अलोक गुरुङ सङ्ग १ महिना तालिम लिएर सुरु गरेको यात्रा आज हस्तकला कोर्न थालेको नै १४ बर्ष भैसक्यो । गोपालको हस्तकला स्वदेश देखि बिदेश सम्म माग छ । कलाकारले आफ्नो भावनालाई रंगको सहायताले क्यानभासमा पोतेपछि पेन्टिङले स्वरुप पाउँछ । तर यो तयार पार्न कलाकारले घन्टा, दिन वा महिनौं पनि खर्चिएको हुन्छ ।
सामान्यतया रंगको किसिम तथा गुणस्तर (आयल, एक्रेलिक, वाटर) क्यानभासको मिडिया (कागज, कपडा, छाला आदि) लगायतले पेन्टिङको मूल्य फरक पर्छ । कला को मुल्य एक वटा हस्तकला बराबर १४ सय देखि ४० हजार सम्म आफुले बेचेको गोपाल दरैले बताए । आफुले प्रतक्ष तथा अर्दर अनुसारको पेन्टिङ गराउने गरेको उहाले जानकारि दिनु भयो ।