गुडिरहेको ट्रकमा आगलागि

आँबुखैरेनी – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मिलनचोकमा शुक्रबार राती एक ट्रकमा अागलागी भएकाे छ । गुडिरहेको अबस्थाकाे आईचर गाडीमा आगलागी हुँदा पूर्ण रुपले जलेर गाडी नष्ट भएको छ ।

डेरा सर्दाको सामान बोकेर बागलुङ्गबाट चितवन तर्फ जादै गरेको ग १ ख ७०९६ नम्बरको आईचर गाडी अचानक आगलागि हुँदा गाडी पूर्ण रुपले जलेर नष्ट भएको हो । आगलागिबाट मानविय क्षती नभएपनि गाडी सहित एउटा मोटरसाईकल, घर सर्दाको समानहरु जलेको र २ वटा सिलिण्डर ग्यास पड्कीएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

प्युठान घर भएका चालक सहित गाडीमा १ बालक, १ बृद्ध र २ जना गाडीका स्टाफ सवार रहेको र अचानक गाडीमा आगलागि भएपछि गाडी रोकेर सबै जना हाम फालेर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।

जेसिबीको सहायता मार्फत इलाका प्रहरी कार्यालय आँबुखैरेनी, काली भन्जन गण मार्कीचोक र ३ नं. जगदल गण ढकालटारका नेपाली सेना, आँबुखैरेनीबासीको सक्रियतामा गाडीमा लागेको आगो निभाइएको प्रहरीले बताएको छ । आगो निभाएपछि दमकल घटनास्थलमा पुगेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button