अमेरिका – अमेरिकाको टेक्सास एग्रिकल्चर एण्ड मेकानिकल युनिर्भसिटीमा अध्ययनरत तनहुँका जीवन पाण्डेले अमेरिकाको राष्ट्रिय आलु परिषदबाट छात्रबृत्ति प्राप्त गरेका छन । बाली प्रजनन विषयमा पिएचडी गर्दै गरेका पाण्डेलाई परिषदले आलुको अनुसन्धान गर्नका लागि १० हजार अमेरिकी डलर बराबरको छात्रबृत्ति प्रदान गरेको हो ।
‘काउन्सिलबाट शुक्रबार एउटा इमेल मार्फत छात्रबृत्तिका सम्बन्धमा जानकारी आयो,’ उनले भने, ‘यसबाट आलुको विषयमा थप अनुसन्धान गर्न मलाई हौसला मिलेको छ ।’ अमेरिकाको राष्ट्रिय आलु परिषदले सन १९९८ बाट आलु अनुसन्धानका लागि हरेक बर्ष एक जनालाई १० हजार अमेरिकी डलरको आलु अनुसन्धान छात्रबृत्ति प्रदान गर्दै आएको थियो ।
जीवन पाण्डेको अनुसन्धान आलु बाली प्रजननमा डिएनए आधारित मार्करहरुको प्रयोगमा आधारित छ । यसले गर्दा नयाँ प्रजातीहरुमा कीटनाशक बिषादीको प्रयोग कम आवश्यक पर्दछ। त्यसैगरी पाण्डे आलुको अनुवंशिक विविधता अध्ययन अनुसन्धानमा लागि परेका छन । जीवन पाण्डे आलु अनुसन्धान छात्रबृत्ति प्राप्त गर्ने पहिलो नेपाली हुन भने उनी अध्ययनरत टेक्सास एग्रिकल्चर एण्ड मेकानिकल युनिर्भसिटीका तेश्रो विद्यार्थी हुन ।
तनहुँको निर्मल उच्च माध्यमिक विद्यालयबाट एसएलसी दिएका पाण्डेले चितवनको रामपुर कृषि क्याम्पसबाट स्नातक उतिर्ण गरेका थिए । अमेरिकाको युनिभसिर्टी अफ अकान्ससबाट कृषिमा स्नाकोत्तर अध्ययन गरेका पाण्डे अहिले पिएचडीको तेश्रो बर्षमा अध्ययरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *