दमौली- व्यास १ भादगाउँकी एक महिलाको गएराती घरको छतबीट खसेर मृत्यु भएको छ । तीन तल्ला घरको छतबाट खसेर घाईते भएकी ३० बर्षिय मन्जु भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार बिहान १ बजे घरको छत बाट खसेर घाईते भएकी मन्जुलाई तत्काल उपचारको लागि दमौली अस्पताल ल्याएको र उनको उपचारका क्रममा दमौली अस्पतालमा साढे १ बजेतिर मृत्यु भएको बताइएको छ । ।घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।