तनहुँ–एलायन्स क्लब अफ तनहुँले व्यास नगरपालिका वडा नम्बर ५ चिन्तुटार स्थित श्री शुक्र आधारभुत विद्यालयमा अध्ययनरत विपन्न बिद्यार्थीलाई शैक्षिक, खेलकुद सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको छ।
क्लबले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दारलाई कपी, कलम, मास्क, ब्याडमिन्टन, फुटबलका साथै २१ थान सुईटर प्रदान गरेको एलायन्स कलव अफ तनहुँकी अध्यक्ष जमुना जाेशीले बताइन ।
हालै स्थापना भएकाे एलायन्स क्लब तनहूँले बिभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै अाएकाे छ । अन्तर्राष्ट्रिय स्तरमा नै सर्भ एन्ड केयर भन्ने नाराले स्थापित यस संस्थाले निकट भविष्यमा पनि शिक्षा, स्वास्थ साथै अन्य सामाजिक क्षेत्रमा आफ्नो कामलाई अघि बढाउने क्लबकी अध्यक्ष जमुना जोशीले बताइन् ।
चाँडै नै क्लवले समुदाय स्तरमा बिभिन्न सचेतना मुलक कार्यक्रम लिएर अघि बढ्ने एलायन्स क्लव अफ तनहुँका सचिव सुदिप पौडेलले जानकारी दिए । क्लबले प्रदान गरेको सामाग्रीबाट करिब १ सय जना विद्यार्थी लाभान्वित हुने छन् ।