तनहुँको भानु-५ सरस्वति सदन माध्यमिक विद्यालयका विद्यार्थीलाई दमौली व्हिलार्स एण्ड बाइकर्स पोइन्टले न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरेको छ ।

विद्यालयको पुर्वविद्यार्थी मन्चको संयोजनमा दमौली व्हिलार्स एण्ड बाइकर्स पोइन्टले न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरेको हो । विद्यालयका ५० जना विद्यार्थीलाई ५० थान निलो सुइटर र खेलकुद समाग्रो सहयोग गरेको दमौली व्हिलार्सका प्रोप्राइटर मिरन नेपालीले बताए । त्यस्तै खेलकुद सामाग्री अन्तर्गत भलिबल २ थान, फुटबल १ थान, भलिबल नेट १ थान, ब्याटमिन्टन २ थान, काक सेट १ थान, बल पम्प १ थान, डोली ३ थान, चेस ३ थान र रिङ ३ थान रहेका छन् । उक्त न्यानो कपडा सहयोग कार्यक्रमको अध्यक्षता पुर्व विद्यार्थी मन्चका अध्यक्ष किरण श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार शाही रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि शाहीले न्यानो कपडा र खेलकुद सामाग्रीले विद्यार्थीलाई सहयोग पुग्ने बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले सहयोगी हात प्रति धन्यवाद ज्ञापन गरे । त्यस्तै शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने पुर्व विद्यार्थी मन्चका अध्यक्ष किरण श्रेष्ठले बताए । उनले अगाडि भने “सानो सहयोगले विद्यार्थीहरु लाई जाडोमा विद्यालय आउन सहज हुनेछ ।’

कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन पुर्व विद्यार्थी मन्चका सचिव रविन्द्र खातीले गरेका थिए । विद्यालयमा २ सय ३६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । सहयोगी संस्था दमौली व्हिलार्स एण्ड बाइकर्स पोइन्टबाट मिरन नेपाली, रमेश नेपाली, आशिष तिमल्सेना, विष्णु विश्वकर्मा र मनोज सुनार लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष मोहन खाती, पुर्व विद्यार्थी मन्चका सदस्य सुरेश श्रेष्ठ, लक्षमण पोख्रेल, विष्णु अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *