म्याग्दे ३ को वडा भवन शिलान्यास

Byखवरबाटिका

२६ माघ २०७७, सोमबार १९:०५ २६ माघ २०७७, सोमबार १९:०५ २६ माघ २०७७, सोमबार १९:०५

म्याग्दे गाउँपालिका वडा नँ ३ काे वडा कार्यलय भवनको साेमवार शिलान्यास भएको छ । वडा भवनको शिलान्यास गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले दिने सेवा सुविधाहरू प्रभावकारी ढंगले दिने गरेको बताइन् । सेवाग्राहीहरू के कामले कसरी अाएका छन् त्यो हेरेर कत्तिपनि ढिला नगरी सेवा दिन सबै कर्मचारीलाई भनेको र कर्मचारीले पनि साेहि अनुसार सेवा दिइरहेको उनको भनाइ थियो । केन्द्र तथा प्रदेश सरकारले कहिले जेष्ठ नागरिक भत्ता दिन खाेल्ने कहिले बन्द गर्ने गर्दा गाउँपालिका लाई अल्झाइरहेकाे र त्यसले प्रभावित पारिरहेको रानाको भनाइ थियो । गाउँपालिकाले राजनीतिक हिसाबले नभै अावस्यकताकाे अाधारमा बिकास गर्ने गरेको भन्दै रानाले सबैलाई सकारात्मक साेचले गापाले गरेको कामको मुल्यांकन गर्न अनुरोध गरिन् ।

कार्यक्रमका बिशिस्ट अतिथि म्याग्दे गाउँपालिका का उपाध्यक्ष बालकृष्ण घिमिरेले स्वास्थ , शिक्षा खानेपानी , कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेकाे बताए । म्याग्दे ३ भुगाेलकाे हिसाबले सबैभन्दा सानो वडा हाे , अन्य वडाको तुलनामा याे वडा केही सुगम पनि छ भन्दै घिमिरेले बिकासका काममा गाउँपालिका तिब्र गतिमा अगाडि बढेको बताए । अाँफुहरू निर्वाचित भएर गाउँपालिकामा अाउन भन्दा पहिले भएको बिकासकाे अवस्था र अाँफुहरू जनप्रतिनिधि भएर अाएपछि भएको काम हेर्न र बिकासकाे अनुभुती लिन उनलेे अाग्रह गरे । गाउँपालिका भित्र स्वास्थ इकाई सञ्चालनमा अाएका छन , त्यसमा किल्चाेक मा अब १ महिना भित्रै स्वास्थ इकाई स्थापना हुँदैछ घिमिरेले भने । साेहि अवसरमा अर्का बिशिस्ट अतिथि एवं जग्गादाता कृष्णराज पण्डितले गाउँपालिकाले समानुपातिक र समावेशी तरिकाले बिकासका काम गरेको भन्दै गाउँपालिकाकाे प्रशंसा गरे । अाँफु यहि ठाउँको भएको र हाल बसाइकाे शिलसिलामा दुलेगौंडा रहेको भए पनि बुवाका पालादेखि सामाजिक सेवा र भावनाको छाप रहि अाएकाे र अाँफुपनि त्यही मान्यतामा रहेकोले जग्गा दान गरेको पण्डितले बताए । समाज विकासका लागि सकारात्मक साेच चाहिने भन्दै पण्डितले समाजमा १ रूपयाँ सहयोग नगर्नेले हिसाब खाेज्ने गरेको बताए । समाजमा धेरै मानिसको जन्म भयो , मृत्युु भयो तर सिमित मानिसकाे मात्रै इतिहास रहन्छ , थाेरै मानिसको मात्रै नाम रहिरहन्छ , सबैको रहँदैन पण्डितले भने । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले नगरपालिकाले गर्ने बराबरको काम गाउँ पालिकाले गरेको बताए । यश बर्स गाउँपालिकाकाे पुर्वाधार निर्माणकाे बर्ष भएको र सबै काम समयमै सम्पन्न हुने उनलेे बताए । वडा कार्यलय भवन का लागि ८७ लाख ५७ हजार १ सय ७२ रूपयाँ लागत अनुमान गरिएकोमा १४ वटा फर्मले अावेदन पेश गरेको र देउराली विल्डर्सले सबैभन्दा कम भ्याट वाहेक ४५ लाख ३० हजार ९ सय ३० रूपयाँमा ठेक्का सम्झौता गरेको जानकारी साे अवसरमा गराईएकाे थियो । उक्त वडा कार्यलय भवन हल सहित ४ काेठे बन्ने गाउँ पालिका का प्राविधिक शिव ज्ञवालीले बताए । साे कार्यक्रममा वडा अध्यक्ष पद्मराज वाग्ले , प्रेमबहादुर थापा सहित रामकृष्ण विक , रत्ना घिमिरे , पुर्णचन्द्र घिमिरे , केशव घिमिरे , उपेन्द्र घिमिरे , भिमकुमारि मगर , नवराज घिमिरे , सुरेन्द्र अधिकारी , वलराम भट्टराई लगायतका वक्ताहरूले वडा भवन समयमै सम्पन्न हाेस भन्ने सुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा जग्गा दाता कृष्णराज पण्डित दम्पतीलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष श्रीबहादुर थापामगरकाे अध्यक्षतामा भएको कार्यक्रमकाे राधाकुमारि घिमिरेले स्वागत र माेहन सिँह खड्काले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *