सर्बोच्च अदालतले निष्पक्ष ढंगले फैसला नगरे सशक्त आन्दोलन : प्रदेश सदस्य बिश्वकर्मा

तनहुँ – गण्डकी प्रदेश सभासदस्य दोवाटे बिश्वकर्माले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले निष्पक्ष ढंगबाट फैसला नगरे सशक्त आन्दोलनको बिकल्प नरहेको बताउनुभएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाद्वारा शुक्रबार अक्षयकोष स्थापनार्थ आयोजित प्रजातन्त्र स्थापनामा दलित समुदायको योगदानको स्मरण एवं बनभोज कार्यक्रममा बोल्दै नेता बिश्वकर्माले सो कुरा बताउनुभएको हो ।
अहिलेको सरकारले संसद विघटन गरेर देश र जनतालाई बन्धक बनाउन लागेको बताउनुभयो । मुद्दा न्यायलयको हातमा छ । उहाँले भन्नुभयो ‘सहि किसिमले फैसला नभए विसं २००७,०४६ र ०६२÷०६३ को जस्तो सशक्त आन्दोलन गर्नुपर्ने दिन आउन सक्नेछ ।’
देशमा जति पनि शासन व्यवस्था आएका छन् ती सबै सशक्त आन्दोलन र बलिदान बाट मौ परिवर्तन भएको उहाँले बताउनुभयो ।
संञ्चारकर्मीहरुले सत्य तथ्य कुरा बुझेर मात्रै समाचार संम्प्रेषण गर्नुपर्ने तर्फ जोड दिदै प्रदेश सदस्य बिश्वकर्माले बिभेदकारी ढंगबाट नलाग्न संञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।
पत्रकार राज्यको चौथो अंगको रुपमा रहेको उल्लेख गर्दै नेता बिश्वकर्माले समाज बदल्न,अन्याय अत्याचार र शोषित पीडितको आवाजलाई बुलन्द पार्न संञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
बिश्व परिवर्तन तथा राज्य संयन्त्रलाई ठीक ठाउँमा ल्याउन संञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको उहाँले चर्चा गर्नुभयो । जिल्लामा दलितका ठुला ठुला मुद्दा उठान भएको र यसमा संयुक्त राजनीतिक दलहरुको सहयोग सद्भाव रहेको उहाँले बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सबिता रसाइलीले २१ औ शताब्दीमा आइपुग्दा पनि दलित समुदाय प्रति हेरिने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताउनुभयो ।
मानिस मानिस बीचको बिभेद कायम नै रहेकोले उल्लेख गर्दै अझै समाजमा सचेतनामूलक कार्यक्रम लैजान आवश्यक रहेको उहाँले औल्याउनुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले कोभिड–१९ का कारण नेपालको पत्रकारिता पेशा धराशायी बन्दै गएको बताउनुभयो ।
शुक्लागण्डकी कार्यपालिका सदस्य भरत लामगादेले दलितका इस्यु दलित पत्रकारले मात्रै नभई गैरदलित पत्रकारहरुले पनि उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दलित अगुवा कृष्णलाल बिश्वकर्मा,म्याग्दे पालिका सदस्य रामकृष्ण बिक,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य एवं तनहुँ सुनचादी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार,जनता समाजबादीका नेता जनार्दन नेपाली,युवा संघ घिरिङका अध्यक्ष गोपाल बिश्वकर्मा,प्रगति लेखक संघका सचिव एवं लेखक बिनोद कुमार बि.क (विकास) राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिके, प्रेस संगठनका अध्यक्ष नारायण खड्का,प्रेस युनियनका अम्मरराज नहर्की,फोनिजका अध्यक्ष प्रताप रानामगर,दलित संघ म्याग्देका अध्यक्ष मिन बहादुर चदारो लगायतका वक्ताहरुले जातिय छुवाछुत अन्त्यको लागि दलितहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा लेख बिकद्वारा लिखित केही पुस्तकहरु संघ र पत्रकार महासंघ शाखालाई समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष एस.बि.नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत संघका उपाध्यक्ष सालिकराम सुनार र संञ्चालन सचिव अशोक बिश्वकर्माले गरेका थिए ।
अक्षयकोषमा कसले कति सहयोग गरे ?
राष्टिय दलित पत्रकार संघ तनहुँ शाखाले स्थापना गर्न लागेको अक्षयकोषको लागि हालसम्म पाँच जनाले आर्थिक सहयोग गरिसकेका छन् । प्रेस युनियन तनहुँका अध्यक्ष अम्मरराज नहर्कीबाट रु.पाँच हजार,दलित संघ म्याग्देका अध्यक्ष मिनबहादुर चदारोबाट रु.पाँच हजार,व्यवसायी रोहित सेन्चुरीबाट रु.पाँच हजार,नरबहादुर सुनारबाट रु. पाँच हजार र युवा संघ घिरिङका अध्यक्ष गोपाल बिश्वकर्माबाट रु.पाँच हजार सहयोग भएको छ ।
अक्षयकोषको लागि क–कसले प्रतिबद्धता जनाए ?
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले स्थापना गर्न लागेको अक्षयकोषको लागि तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनारले रु.एघार हजार एक सय एघार,प्रगति लेखक संघका सचिव एवं लेखक बिनोद कुमार बि.क (विकास)बाट रु.दश हजार दुई सय तेइस,शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सबिता रसाइलीबाट रु.पाँच हजार,दलित अगुवा कृष्णलाल बिश्वकर्माले रु.पाँच हजार,शुक्लागण्डकी पालिका सदस्य भरत लामगादेले रु.पाँच हजार,अफगानिस्तानमा बस्दै आएका लमजुङ निवासी बुद्धि बहादुर सुनारले रु.पाँच हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी गण्डकी प्रदेश सभासदस्य दोवाटे बिश्वकर्मा,जनता समाजवादी पार्टीका नेता जनार्दन नेपाली,म्याग्दे पालिका सदस्य एवं शिक्षाविद् रामकृष्ण बिक लगायतका व्यक्तिहरुले अक्षयकोष स्थापनाको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अक्षयकोष स्थापना पश्चात आउने व्याजबाट प्रत्येक बर्ष दुई जना दलित पत्रकारलाई लेखनबृत्ति पुरस्कारबाट पुरस्कृत गरिने योजना रहेको सो संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button