March 25, 2023

दमाैली – दमाैली खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे नेतृत्व सर्वसम्मत चयन भएकाे छ । चाैथाे अधिवेशनबाट बृषराज श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका छन। अर्का उम्मेदवार रामचन्द्र सापकाेटाले उम्मेदवारी फिर्ता लिएसंगै बृषराज श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

त्यसैगरी खुल्ला सदस्यहरूमा  विश्वेश्वर सुवेदी, दीर्घ बहादुर थापा क्षेत्री, अोमबहादुर थापा, इन्द्रध्वज गुरुङ, माधवप्रसाद अधिकारी, क्या. जगत बहादुर बानिया क्षेत्री र चिराैकाजी  बतास चयन भएका छन । महिला सदस्य तर्फ योगिता कायस्थ, गाैकुमारी न्याैपाने, बिन्दु गुरूङ र सुर्यकला काफ्ले निर्बिरोध चयन भएका छन ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *