December 8, 2022

दमौली- तनहुँ उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न भएको छ। नव निर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई संघका अध्यक्ष मानकाजी श्रेष्ठले अध्यक्ष पदको शपथ खुवाएका थिए।

अन्य निर्वाचित पदाधिकारीलाई नव निर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथ ग्रहण गराएका थिए। नव निर्वाचित पदाधिकारीलाई संघका अध्यक्ष मानकाजी श्रेष्ठ, प्रथम उपाध्यक्ष एंव अध्यक्ष उम्मेदवार बैकुण्ठनाथ मिश्र लगायतले सफल कार्यकालको  शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *