स्कुटर दुर्घटनामा २ शिक्षककाे मृत्यु

Byखवरबाटिका

१५ बैशाख २०७८, बुधबार २२:०० १५ बैशाख २०७८, बुधबार २२:०० १५ बैशाख २०७८, बुधबार २२:००

दमाैली – ऋषिङ गाउँपालिका १, धारापानीमा बुधबार साँझ भएकाे स्कुटर दुर्घटनामा परी २ जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा सन्देश गजमेर र पवित्रा रानाभाट रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

ऋषिङबाट दमाैली तर्फ अाउँदै गरेकाे ग १८ प ३७८ नम्बरकाे स्कुटर धारापानीमा अनियन्त्रित भइ दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते भएका मध्ये गजमेरकाे दमाैली अस्पतालमा र रानाभाटकाे पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे ।

काेराेना संक्रमणका कारण शैक्षिक संस्थाहरू बन्द भएपछि ऋषिङका बिद्यालयमा अध्यापन गराउँदै अाएका गजमेर र रानाभाट बुधबार व्यास–३, देउरालीनगर स्थित अा–अाफ्नो घर फर्किएका थिए । गजमेर बालबिकास माध्यमिक विद्यालयमा लेखापालकाे रूपमा कार्यरत थिए भने  रानाभाट महेन्द्रज्योती माध्यमिक बिद्यालयकी शिक्षिका हुन ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *