व्यासले बैशाख मसान्त सम्म परीक्षा स्थगित गर्ने (निर्णय सहित)

Byखवरबाटिका

१९ बैशाख २०७८, आईतवार ११:५५ १९ बैशाख २०७८, आईतवार ११:५५ १९ बैशाख २०७८, आईतवार ११:५५

दमौली – व्यास नगरपालिकाले बैशाख मसान्त सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। आईतवार  व्यास नगरपालिका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको वैठकले विद्यालय एवं परीक्षा सञ्चालन सम्बन्धमा विभिन्न निर्णय गरेको हो ।

व्यास नगरपालिका शिक्षा समितिले गरेका निर्णयहरू

१) विद्यमान कोभिड-१९ को दोस्रो चरणले छिमेकी देश भारतमा असामान्य परिस्थिति सृजना भएको, नेपालको परीस्थिति समेत असामान्य हुदै गएको, विभिन्न जिल्लामा निषेधाज्ञा भएको विद्यमान अबस्थालाई मध्यनजर दिई यस नगरपालिकाको मिति २०७८/०१/१४ गते नगरपालिका भित्रका क्याम्पस, सामुदायीक एवं संस्थागत विद्यालयहरुमा पठन पाठन बन्द गरिएको, २०७८/१/२१ गते देखि परीक्षा सञ्चालनलाई यथावत राखिएकोमा शिक्षा मन्त्रालय, जिल्ला प्रकोप व्यवस्थापन समिति(DCMC) समेतको अनुरोध, छिमेकी पालिकाहरुको निर्णय समेतलाई अध्ययन गरि आवश्यक निर्णय लिन आज उपलब्ध भएका विद्यालयका प्रधानाध्यापक, सामुदायीक एवं निजी विद्यालयका शिक्षक संघ संगठन महासंघ प्रतिनिधी समेतको उपस्थितिमा व्यास नगर शिक्षा समितिको वैठक बाट निम्नानुसार गर्ने गरी निर्णय गरियो ।

 

क) सम्पुर्ण विद्यालयका नियमित पठन पाठन, ट्युसन कक्षाहरु समेत पुर्ण रुपमा बन्द गर्ने ।

 

ख) २०७८ वैशाख मसान्त सम्म पुर्व निर्धारित सम्पुर्ण परीक्षाहरु स्थगित गर्ने ।

 

ग) विद्यालय प्रशासन, निर्माण कार्य, आन्तरिक अन्य कार्यका लागि बढीमा १० जना सम्मको शिक्षक कर्मचारीबाट आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन विद्यालय प्र.अ लाई निर्देशन दिने ।

 

घ) स्थगित परीक्षा सञ्चालन गर्न कुन नमुना(Model) बाट परिक्षा लिने भन्ने विषयमा २०७८ ज्येष्ठको पहिलो हप्ता आवश्यक निर्णय लिने ।

 

यस न.पा भित्रका सामुदायीक तथा संस्थागत विद्यालयको कक्षा थपका लागि तोकिएको आधार प्रमाण सहित २०७८ वैशाख मसान्त सम्म दरखास्त माग गर्न सार्वजनिक सुचना दिने निर्णय गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *