औषधी तथा मेडिकल पसलमा प्रशासनको अनुगमन

Byखवरबाटिका

७ असार २०७८, सोमबार १४:१० ७ असार २०७८, सोमबार १४:१० ७ असार २०७८, सोमबार १४:१०

 

दमौली – जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार दमौली बजारका औषधी तथा मेडिकल पसलहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा एक मेडिकल हल बन्द गरेको छ भने केही औषधी पसल र मेडिकल हललाई सुधार गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।
प्रहरी, स्वास्थ्य कार्यालय, व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनीधि लगायत सहभागी अनुगमन टोलीले व्यास ३ स्थित प्रजुन थापा मेडिकल हल बन्द गरेको हो । मेडिकलमा फार्मेसिष्ट नभएको र क्लिनिकको समेत काम गर्दै आएको भेटिएकोले प्रजुन थापा मेडिकल हललाई बन्द गर्न निर्देशन दिएको उनले बताए ।
टोलीले व्यास २ स्थित ऋषि फार्मेसीलाई एक्सरे र ल्याव सेवा बन्द गर्न, राना मेडिकल हललाई क्लिनिक सेवा बन्द गर्न र गणेशमान चोक स्थित श्रृया फार्मेसीलाई ड्रेसिङ नगर्न निर्देशन दिएको छ । अनुगमन गरिएका ७ वटै मेडिकल मध्ये अन्य मेडिकललाई थप सुधार गर्न निर्देशन दिएको र आगमी दिनमा अनुगमनका लागि व्यास नगरपालिकाको स्वास्थ्य शाखालाई जिम्मा दिइएको बरालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *