पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

Byखवरबाटिका

१४ असार २०७८, सोमबार ०७:५३ १४ असार २०७८, सोमबार ०७:५३ १४ असार २०७८, सोमबार ०७:५३

दमाैली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले ५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गरेका छन।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा भएर जानुभएका पौडेलले महासंघ तनहुँ शाखाका अधयक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गरेका हुन । पत्रकारहरुको हितमा प्रयोग हुने कल्याणकारी कोषमा आफुले सहयोग गर्न पाँउदा खुशी लागेको प्रहरी उपरीक्षक पौडेलले बताए । उनले आफ्नो कार्यकालमा जिल्लाभरका पत्रकारहरुको सधै साथ सहयोग पाएको मा सबैमा धन्यवाद तथा आभार ब्यक्त गरे । कोषमा रकम प्रदान गर्नु भएकोमा शाखा अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ तनहुँकोे पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णयसँगै कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेच्क्षुक,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको थियो । अहिले कोषमा सहयोग आउने क्रम जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *