गाउँ नै बिस्तापित हुने डर बढेपछि युवा चिन्तित

Byखवरबाटिका

२६ आश्विन २०७८, मंगलवार १६:०९ २६ आश्विन २०७८, मंगलवार १६:०९ २६ आश्विन २०७८, मंगलवार १६:०९

समुन्द्र ढकाल/भानु (रतनपुर)

गाउँमा बाँदर आतंक बढेपछि रतनपुर कोलाचौर, तनहुँका स्थानीयहरु चितवनमा बसाई सर्नेक्रम बढ्दो छ । गाँउमा रहेका युवाहरु पनि अध्ययनका लागि अन्यत्र बसाई सर्दा गाउँमा वृद्ध मात्र रहेका छन् । जसका कारण बाँदरले अन्नबाली खाने र स्थानीयलाई दुख दिन थालेको छ ।

गाउँमा बाँदर आतंक बढेर गाउँ नै विस्थापित हुन थालेपछि लायन्स क्लव अफ गैँडाकोट र एकता युवा क्लवको आयोजनामा बडादशैँको शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान तथा बाँदर धपाउने यन्त्र वितरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ गैँडाकोट मौलाकालिकाका अध्यक्ष हरिप्रसाद ढकालले खेतीयोग्य जमिन हुँदाहुँदै पनि बाँदरले बस्तीमा पसेर अन्नबाली खाने डरका कारण गाँउमा पातलो बस्ती रहेका स्थानीयहरुलाई विस्थापित हुन नपरोस् भनेर ५ वटा टोललाई बाँदर धपाउने यन्त्र वितरण गरिएको बताए ।
लायन्स क्लव अफ गैँडाकोट मौलाकालिकाका पूर्व अध्यक्ष एवम् प्याव्सन जिल्ला अध्यक्ष दीपक रावतले सकारात्मक सोचका साथ अगाडि बढेर अप्ठारोमा परेकाहरुको सधैँ सेवा गरिरहने बताउँदै आफ्ना आमाबाबाको सम्मान गर्ने बानीको विकास गर्न आग्रह गरे । कार्यक्रममा ७५ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

जनसम्पर्क अधिकृत तथा कार्यक्रम संयोजक शंकर आचार्यले लायन्स क्लव अफ गैँडाकोट मौलाकालिका सधैँ समस्यामा परेकाहरुको सारथि बन्न सकेको बताउँदै अगामी दिनमा पनि विकट गाँउसम्म पुगेर स्थानीयको समस्या समाधान गर्न सहजीकरण गर्ने बताए ।
कार्यक्रममा लायन्स क्लव अफ गैँडाकोट मौलाकालिकाका पूर्वअध्यक्ष दयासागर सुवेदी, लायन्स क्लब गैँडाकोट मौलाकालिका लिलि चार्टर प्रेसिडेन्ट भोजकुमारी पौडेल, सदस्य शुष्मा अधिकारी, अन्डा व्यवसायी संघका पूर्व महासचिव नेत्र हमाल, गोपीचन्द्र रिमाल, भानु नगरपालिका बोर्ड सदस्य सूर्यकला घर्ती, वडा सदस्य नुनचन्द्र केसी, सप्तकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापक वनमाली पण्डित, समाजसेवी डोलनाथ ढकाल, उत्तमप्रकाश पण्डित, देवबाहादुर पण्डितले शुभकामना मन्तव्य राखेका थिए ।

एकता युवा क्लवका अध्यक्ष जयराम ढकालले रतनपुर भानु नगरपालिका- १२ कोलाचौरमा लामो समयदेखि रहेको बाँदर आतंक कम गर्न लायन्स क्लव अफ गैँडाकोट मौलाकालिकाले वितरण गरेको बाँदर धपाउने यन्त्रले स्थानीयलाई आफ्नो बालीनाली जोगाउन सहज हुने बताए । दीपेन्द्र पण्डितले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण क्लवका सचिव समुद्र ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *