तनहुँ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले क्यान्सरबाट विरामी परेका एक बृद्धको उपचारमा सहयोग प्रदान गरेका छन । व्यास नगरपालिका वडा नं. ११, तनहुँसुर निवासी काजीबाबु अधिकारीलाई मन्त्री श्रेष्ठले २० हजार रुपैया आर्थिक सहयोग गरेका हुन ।
मन्त्री श्रेष्ठले बिहीबार अधिकारीको घरमै पुगी आर्थिक सहयोग प्रदान गरेका हुन। उनले भने, “अधिकारी बिरामी अबस्थामा रहेको र उपचारमा आर्थिक समस्या भएको जानकारी पाएपछि केही सहयोग गरेको हुँ।” उनले सरकारको तर्फबाट क्यान्सर विरामीलाई सहयोग गर्ने कार्यक्रम समेत रहेकाले उपचारका लागि त्यसको समेत उपभोग गर्न अनुरोध गरे ।
तनहुँ क्षेत्र नं. १ मा नेकपा एमालेबाट निर्वाचित भएका श्रेष्ठ पछिल्लो समय नेकपा एमाले (एकिकृत समाजवादी)बाट मन्त्री बनेका हुन । श्रेष्ठले सांसद भएपछि प्राप्त पारिश्रमिक तथा भत्ता जिल्लाको सामाजिक काम र निर्वाचन क्षेत्रका विरामीलाई आर्थिक सहयोग प्रदानमा खर्चिने गरेका छन ।
